सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त : मुख्यमन्त्री कँडेल « Khabarhub

सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त : मुख्यमन्त्री कँडेल


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरूप बदलिएकाले यसको महत्त्व झनै बढेको बताएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उनले भने, ‘हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान् बनेको बिर्सन सकिँदैन ।’

अहिलेको युग डिजिटल प्रविधि र सूचनाको युग भएकाले मुख्यमन्त्री कँडेलले मान्छेको हातमा कुरा गर्न मिल्ने मोबाइल मात्रै नभएर सिङ्गो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा रहेको बताए । 

कन्क्लेभमा आजै भएका विभिन्न प्रस्तुतिहरूमा कर्णालीमा ‘डिजिटाइजेसन’का चुनौतीहरूबारे सान्दर्भिक विषयहरू उठिरहेको र पहिलो सर्तका रूपमा पूर्वाधार आवश्यक रहेको उनको भनाइ छ । 

कर्णालीमा ब्रोडब्यान्ड इन्टरनेट, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर भएकाले ठूलो सङ्ख्या डिजिटल साक्षरताबाट वञ्चित भएको उनले बताए । 

सूचना, प्रविधिको जनतासम्म गुणस्तरीय पहुँच अझै पुग्न नसकेको उनको भनाइ छ । यही कारणले धनी र गरिबबीचको खाडल अर्थात् ‘डिजिटल डिभाइड’को अवस्थाबाट गुज्रिरहेको उनले बताए  । 

कर्णाली प्रदेशका विद्यालयहरूलाई नमूनाका रूपमा विकास गर्दै डिजिटल शिक्षा सुरु हुने क्रममा रहेको जानकारी दिए  । डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास गर्न नसकिने भएकाले सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।
 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ०६ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि