धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए « Khabarhub

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएर ज्यान लिएकी छन् । प्रहरीका अनुसार त्यसपछि उनले पनि आत्महत्या प्रयास गरेको आशंका सुरु गरिएको छ ।

मृत्यु हुनेमा स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साह छन् । उनीहरूको मृत्यु विष खाएका कारण भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः४० बजे बबिता साह आफ्ना तीन बालबालिकासहित घरभित्रै अचेत अवस्थामा फेला परेकी थिइन् । छिमेकीले तत्कालै सबैलाई उपचारका लागि जनकपुरतर्फ लगे पनि तीन सन्तानको ज्यान जोगाउन सकिएन । उनीहरूको अस्पतालमै मृत्यु पुष्टि भयो ।

३० वर्षीया आमा बबिता भने अझै जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना भएको करिब साढे दुई घण्टा पछिमात्र प्रहरीलाई जानकारी दिइएकाले अनुसन्धान ढिलो भएको प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए ।

 ‘हामी राति करिब ९ बजे मात्र घटनास्थल पुग्न सकेका थियौँ,’ उनले भने, ‘अहिले घटनाको प्रकृति हेर्दा पारिवारिक विवादका कारण यस्तो दुःखद परिणाम आएको देखिन्छ ।’

स्थानीय स्रोतका अनुसार साह दम्पतीबीच पछिल्लो समय पारिवारिक तनाव तीव्र थियो । पति सुशील साहको लामो समयदेखि घरबाहिर बसोबास र आर्थिक समस्याले गर्दा बविता मानसिक रूपमा निकै तनावमा थिइन् भन्ने प्रारम्भिक तथ्य सार्वजनिक भएको छ । यद्यपि, यो पुष्टिको लागि विस्तृत अनुसन्धान आवश्यक रहेको प्रहरीले बताएको छ ।

तीन नानीहरूको एकैसाथ मृत्यु भएपछि बसुदेवपट्टी गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ४२ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको