इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ « Khabarhub

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश रोकेको र प्यालेस्टिनीहरूमा परेको प्रभाव निकै गम्भीर रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सोमबार राति न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) लाई उद्धृत गर्दै ५० दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताए।

‘रासन काटिएको छ । महत्त्वपूर्ण औषधि, खोप र चिकित्सा आपूर्ति सबै कम हुँदै गइरहेको छ’, उनले भने, ‘बालबालिका र वयस्कहरू भोकमरीबाट पीडित छन् र गाजा पट्टीमा स्वास्थ्य प्रणाली पतनको सँघारमा रहेको छ ।’

डुजारिकले लाखौँ मानिस विस्थापित भएको पनि बताए भने आपतकालीन टोली र सहायताकर्मीहरूमाथि इजरायली आक्रमणहरू फेरि बढेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ४७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष