झलनाथ खनाल भन्छन्- प्रधानमन्त्रीकै कारण शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो « Khabarhub

झलनाथ खनाल भन्छन्- प्रधानमन्त्रीकै कारण शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका छन् ।  

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरूको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताएका हुन् । समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौँ शिक्षकहरूको मागलाई कुल्चिएर हिँडेको उनले बताए ।

त्यस्तै उनले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयलाई सत्तामा पुगेपछि बेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमन्ड गरेको तर्क गरे । कांग्रेसको पिठ्युँमा बसेर दिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उनले तर्क गरे । उनले कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी भएको धारणा राखे ।  

खनालले कम्युनिष्ट पार्टीबाट विगतमा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढाउने दिशामा आफू बढेको जिकिर गरे । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ४५ बजे

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा