आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि « Khabarhub

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो ।

त्यहीकारण शिक्षामन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिएका थिए । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए ।

बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो ।

तर नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक-कर्मचारीलाई आहवान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशनमा रहेको महासंघले चैत २५ बाट शैक्षिक हड्ताल घोषणा गरेको छ ।

तर आन्दोलित शिक्षकहरूसँग सहमति प्रयासमा जुटेकी शिक्षा मन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्रीको असहयोग हुँदा सोमाबर राजीनामा दिइसकेकी छन् ।

कक्षा १२ को परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि जापानसहित एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारित थिए ।

परीक्षामा एक हजार ८ सय देखि २ हजार कर्मचारी, हरेक केन्द्रमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ४२ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण