मुम्बई आईपीएलको प्ले अफमा : ५९ रनको हारसँगै दिल्ली आउट « Khabarhub

मुम्बई आईपीएलको प्ले अफमा : ५९ रनको हारसँगै दिल्ली आउट


८ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ।

बुधबार भएको खेलमा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो।

यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन्। मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो।

दिल्लीका समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोड्दा के ऐल राहुलले ११ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

मुम्बईका माइकल सान्टनरले चार ओभरमा ११ रन खर्चेर तीन तथा जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन खर्चेर तीन विकेट हात पारे। मुम्बईको बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १८० रनको योगफल खडा गरेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादव ४३ बलमा ७३ रन प्रहार गर्दै अविजित रहे। उनको पारीमा सात चौका र चार छक्का समावेश थियो।

तिलक बर्माले २७, रेन रिकेल्टनले २५ तथा विल ज्याक्सले २१ रनको योगदान गरे। नमन धिर ८ बलमा २४ रन प्रहार गर्दै अविजित रहे।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ५ : २० बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ