क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला « Khabarhub

क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो।

बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएको हो। १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो।

विजयी टोलीका अलिसान सर्फुले अविजित रहँदै ४७ बलमा ६८ रन जोडे। उनी प्लेयर अफ द म्याच समेत घोषित भए। यसैगरी असिफ खानले अविजित रहँदै २६ बलमा ४१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। बङ्गलादेशका जाकर अलीले सर्वाधिक ४१ रन प्रहार गरे। युएईका होल्डर अलीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : ४४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज