सार्वजनिक लेखासहित चारवटा संसदीय समितिको बैठक बस्दै « Khabarhub

सार्वजनिक लेखासहित चारवटा संसदीय समितिको बैठक बस्दै


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । चारवटै बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका बैठक कक्षमा बिहान ११ देखि साढे ११ को बीचमा सुरु हुनेछन् ।

सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त विभिन्न उजुरी उपर छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा राष्ट्रिय योजना आयोग, एफएनसीसीआई र सीएनआईसँग छलफल गर्ने तयारी छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । छलफलका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बोलाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ३९ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर