वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित « Khabarhub

वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको जित हात पारेको छ।

डबलिनमा बुधबार भएको दिवा रात्रि खेलमा आयरल्यान्ड १२४ रनले विजयी भएको हो। आयरल्यान्डले दिएको ३०४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रनमा अल आउट भएको हो।

वेस्ट इन्डिजका लागि सातौँ क्रमका ब्याट्सम्यान रोस्टन चोजले सर्वाधिक ५५ तथा आठौँ क्रमका म्याथ फोर्डले ३८ रन प्रहार गरे। वेस्ट इन्डिजले ३१ रनमा ६ तथा ७१ रनमा ६ विकेट गुमाएको थियो। जस्टिन ग्रेभ्सले १७ बलमा ३५ रन जोडे।

वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रममा बेरी म्याकर्थीले ७।.१ ओभरमा ३४ रन खर्चेर चार विकेट लिए। जर्ज डोकरेलले दुई ओभरमा २१ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेटको क्षतिमा ३०३ रन जोडेको हो। आयरल्यान्डका लागि एन्डी बलबराइनले ११२ रनको योगदान गरे। यसै गरी, पाउल स्टरलिङले ५४ तथा हेरी टेकरले ५६ रन जोडे। लोरकान टकरले १८ बलमा ३० रन जोडे ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : २० बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो