सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध « Khabarhub

सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजामा इजरायली आक्रमण थप हिंसात्मक चरणमा प्रवेश गरेपछि यसले देश भित्र नै आक्रोश पैदा गरेको छ।

वामपन्थी राजनीतिज्ञ तथा इजरायली डिफेन्डर फोर्सका पूर्व डेपुटी कमान्डर यायर गोलानले समझदार देशले कहिले पनि कुनै पनि देशको नागरिकमाथि आक्रमण नगर्ने बताउँदै इजरायली नेतृत्वले विवेकपूर्ण काम नगरेको आरोप लगाए।

पूर्व इजरायली रक्षा मन्त्री मोसे बोगी यालोनले सरकारको जसरी पनि सत्तामा रहिरहने सोचका कारण विध्वंस मच्ची रहेको आरोप लगाए। १९ महिना अघि हमासले इजरायलमा आक्रमण गर्दा यस अवस्थाको कल्पना समेत कसैले गरेको थिएन। अहिले लाखौँ मानिसको ज्यान जोखिममा परिसकेको छ। धेरै हप्ता रोकिएको राहत सामग्री भर्खर गाजामा प्रवेश गर्न थालेका छन्।

इजरायलको च्यानल १२ ले गरेको सर्वेक्षणले ६१ प्रतिशतले युद्धको अन्त्य तथा बन्दी फिर्ता चाहेका छन्। २१ प्रतिशत भने युद्धलाई निरन्तरता दिएर गाजा कब्जा भएको हेर्न चाहन्छन्।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : ५० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट