सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध « Khabarhub

सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजामा इजरायली आक्रमण थप हिंसात्मक चरणमा प्रवेश गरेपछि यसले देश भित्र नै आक्रोश पैदा गरेको छ।

वामपन्थी राजनीतिज्ञ तथा इजरायली डिफेन्डर फोर्सका पूर्व डेपुटी कमान्डर यायर गोलानले समझदार देशले कहिले पनि कुनै पनि देशको नागरिकमाथि आक्रमण नगर्ने बताउँदै इजरायली नेतृत्वले विवेकपूर्ण काम नगरेको आरोप लगाए।

पूर्व इजरायली रक्षा मन्त्री मोसे बोगी यालोनले सरकारको जसरी पनि सत्तामा रहिरहने सोचका कारण विध्वंस मच्ची रहेको आरोप लगाए। १९ महिना अघि हमासले इजरायलमा आक्रमण गर्दा यस अवस्थाको कल्पना समेत कसैले गरेको थिएन। अहिले लाखौँ मानिसको ज्यान जोखिममा परिसकेको छ। धेरै हप्ता रोकिएको राहत सामग्री भर्खर गाजामा प्रवेश गर्न थालेका छन्।

इजरायलको च्यानल १२ ले गरेको सर्वेक्षणले ६१ प्रतिशतले युद्धको अन्त्य तथा बन्दी फिर्ता चाहेका छन्। २१ प्रतिशत भने युद्धलाई निरन्तरता दिएर गाजा कब्जा भएको हेर्न चाहन्छन्।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : ५० बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी