खानेपानी मन्त्री यादवबाट हज यात्रीहरूको बिदाई « Khabarhub

खानेपानी मन्त्री यादवबाट हज यात्रीहरूको बिदाई


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् ।

मक्कामा हज (विशेष प्रकारको नमाज प्रार्थना) गर्न नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफूले
विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए ।

उनले फूल, माला र खादा लगाएर हज यात्रीलाई बिदाइ गर्नुका साथै धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना दिए ।

मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा  चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हज यात्रीहरू जाने गर्छन् ।

नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१  जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएको जनाइएको छ ।

देशभर रहेका मुस्लिम नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरूलाई सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरू आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्छन् ।

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : ११ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर