पर्यटक लोभ्याउने अन्तु डाँडा (तस्बिरहरू) « Khabarhub

पर्यटक लोभ्याउने अन्तु डाँडा (तस्बिरहरू)


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको पूर्वी क्षेत्रमा अवस्थित इलामको श्री अन्तु सूर्योदय र सूर्यास्तको दृश्यका लागि देशकै उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ ।

ठाँउठाउँ बनाइएका होम स्टेमा अर्गानिक खाना पाइने भएकाले पर्यटकहरू यहाँ आकर्षित छन् । इलामको अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

एकछिनमा तुवाँलो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ ।

अन्तु पुग्नुको मज्जा सूर्योदय दृश्यावलोकन मात्रै छैन । यहाँबाट देखिने उत्तरका हिमशृङ्खला, कोणधारी धुपी–सल्ला, अलैंची, सिजन अनुसार फलफूल तथा अरू बालीले पनि आनन्द दिने गर्दछ ।

यहाँबाट झापाका फाँट, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैँ देखेपछि मनमा आनन्द आउने गर्छ ।

विभिन्न स्थानबाट दैनिक ५ सयदेखि १ हजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : २४ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।