रसुवामा धामी-झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै « Khabarhub

रसुवामा धामी-झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।

हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आइ अस्पतालतर्फ मानिसको भिडभाड देखिने गरेको छ ।

रसुवा अस्पतालका सूचना अधिकारी योगेन्द्र गुर्मछान मगरका अनुसार पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसाबले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा र सामाजिक सञ्जालका कारण परम्परागत उपचार पद्धतिमा भन्दा अस्पतालको सेवाप्रति विश्वास बढेको देखिन्छ ।

जिल्ला अस्पतालबाट यस वर्ष मात्र २०० भन्दा बढी सेवाग्राहीले फिजियो थेरापी सेवा लिएको, १५ महिलासहित ४३ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको, एक्स-रे, भिडियो एक्स-रे, उच्च रक्तचाप, रेबिज, शर्पदंश, दक्ष जनशक्तिसहित गुणस्तरीय प्रयोगशालामार्फत कलेजो, मृगौला, कोल्स्टोर, रगत, दिशा–पिसाब परीक्षण, चिनी रोग, इसिजीलगायत चिकित्सा विज्ञानअन्तर्गतका आधुनिक सेवा जिल्लामा नै उपलब्ध रहेकाले अस्पतालतर्फ बिरामीको चाप बढेको सूचना अधिकारी मगरले जानकारी दिए ।

चालु आवको १० महिनाको अवधिमा ४३९ जनालाई दाँत, ९८७ सामान्य प्रकृतिका,  ५९९ ज्येष्ठ नागरिकसमेत विभिन्न तह र तप्काका गरी पाँच हजार ६५५ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको सो अस्पतालका मेडिकल अधिकृत सिजन कार्कीले  बताए । 

यसैगरी एक हजार २६४ लाई साधारण एक्स-रे र ७६३ जनालाई भिडियो एक्स-रे, एक जनालाई हर्निया र २० जनालाई सामान्य शल्यक्रिया गरेको अस्पतालले स्पष्ट गरेको छ ।

विशेषगरी हिमाली जिल्लाको हावापानी र कुपोषणका कारण हुने रुघा, खाकी, निमोनिया, दम, पेटसम्बन्धी रोग, हर्निया एपेन्डिस्, हाडजोर्नी, एकस्रे र स्त्री रोगसँग सम्बन्धित समस्याबाट पीडित बिरामी अस्पताल आउने गरेको मेडिकल अधिकृत सिजन कार्कीले जानकारी दिए ।

बालरोग विशेषज्ञसमेत रहेका जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले सरकारको नीतिनिर्देशनलाई पालना गर्दै जिल्लास्थित स्थानीय निकायसहित राजनीतिक पार्टी, नागरिक समाजका प्रतिनिधिसँग समन्वय गरी जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पताल परिवार क्रियाशील रहेको बताए । –रासस

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ३६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको