सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ, अदातलको आदेशअनुसार जेल पठाइँदै | Khabarhub Khabarhub

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ, अदातलको आदेशअनुसार जेल पठाइँदै


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि ठगी गरेको अभियोगमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

दीगो पर्यटन सहकारी संस्था बाट लिएको ऋण नतिरेपछि अदालतबाट दोषी ठहर अर्याललाई सोह्रखुट्टे प्रहरी बृत्तको टोलीले बिहीबार पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाएको छ ।

प्रहरीका अनुसार, आवश्यक अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि अर्याललाई सजाय भुक्तानका लागि कारागार चलान गरिनेछ।

अर्याल एमाले पेशागत विशेष प्रदेश कमिटी सदस्य, पर्यटन विभाग सदस्य, तथा उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज पनित हुन् । उनी पर्यटन बोर्डमा सदस्य भइसकेका नेतासमेत हुन् ।

अर्यालले २०७४ साल जेठ ३० गते सोह्रखुट्टेस्थित दीगो पर्यटन सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। उनी उक्त सहकारी संस्थाको सञ्चालक समिति सदस्य पनि थिए । सञ्चालक भएर पनि ऋण लिएर नतिरेपछि सहकारीले अदालतमा मुद्दा हालेको थियो ।

ऋणबारेमा सहकारीले वर्षौंसम्म पटक–पटक मौखिक र लिखित ताकेता गरेको थियो। तर उनले साँवा ब्याज दुवै नतिरेपछि सहकारी २०७९ पुस ४ गते काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा हालेको थियो।

अदालतले २०८० असार २७ गते अर्याललाई रकम भुक्तानी गर्न आदेश पनि दियो । तर त्यसपछि पनि सहकारीले किस्ताबन्दीमा तिर्न आग्रह गर्‍यो । ब्याजसहित रकम बुझाउन बारम्बार आग्रह गर्दा पनि अर्यालले टेर्दै नटेरेको संस्थाका सचिव प्रल्हाद लोहनीले सञ्चारकर्मीहरूलाई बताएका छन् ।

त्यहीकारण सहकारीले जनताको बचत सुरक्षित जोगाउन अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने अवस्था आएको लोहनीले बताए ।

सहकारी संस्थाले राजनीतिक पहुँचको आडमा रकम तिर्नै नचाहेपछि अर्यालविरुद्ध कानुनी प्रक्रियामा जानु परेको जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : ५७ बजे

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

वीरगञ्ज– सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित

स्वास्थ्य मन्त्रालयद्वारा स्वर्ण प्राशन निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्ण प्राशन निर्देशिका स्वीकृत गरेको