जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन « Khabarhub

जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको सुनसरीको धार्मिक तीर्थ बराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु भएको छ ।


कोशी प्रदेश खानेपानी, सिचाइ तथा उर्जा मन्त्रालयको ३० लाख रुपैयाँ बजेटबाट तटबन्धको काम सुरु भएको पण्डित योगेश भण्डारीले जानकारी दिए । ‘प्रदेशको ३० लाख रुपैयाँबाट काम सुरु भएको छ, बराहक्षेत्र गुठी व्यवस्थापन समितिको समेत आर्थिक लगानीमा मिसिनरी वाल लगाइँदैछ’ पण्डित भण्डारीले भने ।

पर्यटन मन्त्रालयको बजेटमा भइरहेका कामको अनौपचारिक निरीक्षण गर्न ०८१ चैतमा प्रदेश पर्यटन सचिव विशाल घिमेरेसहित मुख्यमन्त्री हिक्मतकुमार कार्की वराहक्षेत्र पुगेका थिए । उनकै विशेष पहलमा उर्जा मन्त्रालयबाट तटबन्धनको लागि तत्काल ३० लाख रुपैयाँ विनियोजन भएको पण्डित भण्डारीले बताए ।


गत असोजमा आएको बाढीले मन्दिर परिसरका वराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको थियो । वराहक्षेत्र गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठका अनुसार धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्न प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको थियो ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार तटबन्ध निर्माणका लागि गुठी व्यवस्थापन समितिको मौज्दात कोषबाट २५ लाख रुपैयाँ लगानी गरिएको छ ।


‘बाढीले कटान गर्दा मन्दिर परिसरका ५५ बढी परिवार उच्च जोखिममा थिए, प्रदेश सरकारले सानै बजेटबाट भए पनि काम सुरु गर्दा राहत महसुस भएको छ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि हैन भन्ने चिन्ता थियो ।’


धर्तीको पहिलो तीर्थस्थलका रुपमा रहेको वराहक्षेत्र मन्दिर परिसर हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा व्याख्या गरेको छ । पुरातात्त्विक र ऐतिहासिक यो क्षेत्रलाई संरक्षण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारी बताउँछन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ५५ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी