जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन | Khabarhub Khabarhub

जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको सुनसरीको धार्मिक तीर्थ बराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु भएको छ ।


कोशी प्रदेश खानेपानी, सिचाइ तथा उर्जा मन्त्रालयको ३० लाख रुपैयाँ बजेटबाट तटबन्धको काम सुरु भएको पण्डित योगेश भण्डारीले जानकारी दिए । ‘प्रदेशको ३० लाख रुपैयाँबाट काम सुरु भएको छ, बराहक्षेत्र गुठी व्यवस्थापन समितिको समेत आर्थिक लगानीमा मिसिनरी वाल लगाइँदैछ’ पण्डित भण्डारीले भने ।

पर्यटन मन्त्रालयको बजेटमा भइरहेका कामको अनौपचारिक निरीक्षण गर्न ०८१ चैतमा प्रदेश पर्यटन सचिव विशाल घिमेरेसहित मुख्यमन्त्री हिक्मतकुमार कार्की वराहक्षेत्र पुगेका थिए । उनकै विशेष पहलमा उर्जा मन्त्रालयबाट तटबन्धनको लागि तत्काल ३० लाख रुपैयाँ विनियोजन भएको पण्डित भण्डारीले बताए ।


गत असोजमा आएको बाढीले मन्दिर परिसरका वराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको थियो । वराहक्षेत्र गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठका अनुसार धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्न प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको थियो ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार तटबन्ध निर्माणका लागि गुठी व्यवस्थापन समितिको मौज्दात कोषबाट २५ लाख रुपैयाँ लगानी गरिएको छ ।


‘बाढीले कटान गर्दा मन्दिर परिसरका ५५ बढी परिवार उच्च जोखिममा थिए, प्रदेश सरकारले सानै बजेटबाट भए पनि काम सुरु गर्दा राहत महसुस भएको छ,’ कोषाध्यक्ष श्रेष्ठले भने, ‘आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि हैन भन्ने चिन्ता थियो ।’


धर्तीको पहिलो तीर्थस्थलका रुपमा रहेको वराहक्षेत्र मन्दिर परिसर हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा व्याख्या गरेको छ । पुरातात्त्विक र ऐतिहासिक यो क्षेत्रलाई संरक्षण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारी बताउँछन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ५५ बजे

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

दमौली– भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी– पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो

कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

जलेश्वर– जेन-जीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा