बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो « Khabarhub

बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ ।

बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री बनाउन नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखिएको बताए ।

बैठकमा सो विधेयक माथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका सदस्यहरुले भाग लिँदै सरकारले ल्याएको नीति तथा कार्यक्रममा करको दरमा केही हेरफेर गर्ने प्रस्तावलाई पुनःसमीक्षा गरेर करको दर साविककै दरमा राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रदेशसभा सदस्यहरुले प्रदेशमा सुशासनको ग्यारेन्टी गर्नुपर्ने तथा बहुवर्षीय योजनालाई समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सङ्घीय सरकारको स्वामित्वमा रहेको विभिन्न उद्योगलाई सरकारले निजीकरण गर्ने निर्णय गरेकाले अब प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर प्रदेशभित्र रहेका ती उद्योगलाई प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सरकारको नीति तथा कार्यक्रमा उल्लेख भएअनुसार निजी क्षेत्रलाई लगानी मैत्री बनाउनुपर्ने र कृषि उत्पादन वृद्घि गर्न तथा बाह्य मुलुकबाट खाद्यान्न, हरियो तरकारी र गेडागुडी आयातमा न्यूनीकरण गर्न नीति तथा कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने खालको हुनुपर्ने उनीहरुको सुझाव थियो । त्यसैगरी प्रदेशको विभिन्न जिल्लामध्ये केही हिमाली जिल्ला र पर्यटन क्षेत्रलाई विस्तार गर्न सकिने किसिमका योजनालाई चरणवद्घ रुपमा बजेट विनियोजिन गर्न उहाँहरुले सरकारसँग आग्रह गरे ।

विभिन्न जिल्लामा सहकारी अपचलनबाट पीडित भएका सर्वसाधारणलाई निकास दिने र कल्पिक उपायको अवलम्बन गरी पीडितले सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सन्देशसहित प्रदेशसभामा फिर्ता आएको ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि’ विचार गरियोस् भनी प्रस्ताव पेस गरे । उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो ।

विनियोजन विधेयक माथिको छलफलमा प्रदेशसभाका सदस्यहरु रमेशकुमार महत, डम्बर तामाङ, रामप्रसाद ढुङ्गाना, प्रेमबहादुर पुलामी, दीपेन्द्र श्रेष्ठ, समिता खड्की, कुमारी तामाङ, विन्दु श्रेष्ठ, आशा लामा, सकुन्तला श्रेष्ठ, धनेश्वरी प्रजापति, रत्नप्रसाद ढकाल, युवराज चौलागाईं र उद्धव थापा सहभागी हुनुहुन्थ्यो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १४ गते अपराह्न १ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : ५९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा