दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे | Khabarhub Khabarhub

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए ।

एक भाले, दुई पोथी र चार लिङ्ग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए । ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद गरिएका हुन् । सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मङ्सिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थिए ।

चालिस दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका एक सय नौ वटा ग्रिडमा क्यामेरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए । उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दङ्गीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटेको थियो ।

सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो । हाल सङ्कलित तथ्याङ्कको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

यससँगै, मध्ये तराई भूपरिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पूरा भएको छ । दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वयस्क बाघ अभिलेख गरिएको छ ।

प्रारम्भिक अध्ययनअनुसार ती बाघ बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहार गरेको अनुमान गरिएको छ । सिमावर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि आन्तरिक तथा दुई देशबीच प्रभावकारी समन्वयको आवश्यकता छ ।

यस क्षेत्रमा बाघको उपस्थिति नेपाल सरकारले सञ्चालन गरेका दीर्घकालीन वन्यजन्तु संरक्षण प्रयासको सकारात्मक परिणामको रुपमा लिइएको छ । वन तथा भू–संरक्षण विभाग र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा डब्लु डब्लु एफ नेपालले मध्य तराई भूपरिधि संरक्षण रणनीति तथा कार्ययोजना कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ ।

डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले दाङमा पहिलो पटक बाघको गणना गरिएको बताए । वन्य जन्तु संरक्षणमा मानव जातीले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : २८ बजे

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

भोजपुर– रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले

सोलुखुम्बुमा जिप दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौं– प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने

६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं– नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

म्याग्दी– पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई