फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा गरे नौसैनिक अभ्यास « Khabarhub

फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा गरे नौसैनिक अभ्यास


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । फिलिपिन्स र अमेरिकाका तटरक्षा बलले दक्षिण चीन सागरमा संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेको फिलिपिन्सको सेनाले जनाएको छ ।

उक्त अभ्यास फिलिपिन्सको पलवान टापु र अक्सिडेन्टल मिन्डोरो टापुको तटपारी सञ्चालन गरिएको जनाइएको छ । यसमा फिलिपिनी नौसेना, वायुसेना र तटरक्षा बलको सहभागिता रहेको जनाइएको छ ।

यसका साथै अमेरिकाका तर्फबाट तटरक्षा बल र नौसैनिक पी–८ पोसाइडन समुद्री गस्ती जहाजले पनि अभ्यासमा सहभागिता जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस अभ्यासलाई ‘मरिटाइम कोअपरेटिभ एक्टिभिटी’ नाम दिइएको छ ।

यो संयुक्त सैन्य अभ्यास सन् २०२३ देखि सञ्चालन हुँदै आएको जनाइएको छ । पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच तनाव बढिरहेका बेला संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : ०७ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार