बंगलादेशलाई अष्ट्रेलियाका ४१ सांसदको आग्रह : तत्काल चुनाव गराऊ « Khabarhub

बंगलादेशलाई अष्ट्रेलियाका ४१ सांसदको आग्रह : तत्काल चुनाव गराऊ


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाका सांसदहरुको टोलीले बंगलादेशको अन्तरिम सरकारलाई तत्काल निर्वाचनको खाका तयार पार्न आग्रह गरेका छन् । अष्ट्रेलियाको दुवै सदनका ४१ जना सदस्यहरुको टोलीले अन्तरिम सरकारलाई तत्काल र पारदर्शी रुपमा स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचनको खाका तयार पार्न आग्रह गरेका हुन् ।

बंगलादेशमा लोकतान्त्रिक वैधताको बहाली र स्थीरताका लागि समावेशी निर्वाचन अपरिहार्य रहेको उनीहरुको ठहर छ । उनीहरुले बंगलादेशको राजनीतिक अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

उनीहरुले सबै राजनीतिक दललाई चुनावमा समान प्रतिनिधित्व प्रत्याभूति गर्नका लागि व्यवस्थापकीय तथा कार्यकारी कदम चाल्न पनि बंगलादेश सरकारसमक्ष आग्रह गरेका छन् । अष्ट्रेलियाका सांसदहरुले गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा प्रहरीका तर्फबाट भएको भनिएका ज्यादतीबारे पारदर्शी अनुसन्धान गर्न पनि आह्वान गरेका छन् ।

हाल नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन र हिंसाका घटना बढिरहेका बेला अष्ट्रेलियाका सांसदको टोलीले यस्तो आग्रह गरेको हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : १५ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,