एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल « Khabarhub

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो।

नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ। मलेसियाको युकेएम ओभलमा उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले केही दिन अघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो।

नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला तथा अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही रहेका छन्। नेपाली टोलीको प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन्।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो।

नेपालले दोस्रो खेलमा मङ्गलबार जापानसँग, दोस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने छ। दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ५१ बजे

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट