सिंगपुरविरूद्ध जितनजिक नेपाल, जवाफी ब्याटिङको सुरूमै घाइते भएका थिए ओपनर सुर्यान्सु « Khabarhub

सिंगपुरविरूद्ध जितनजिक नेपाल, जवाफी ब्याटिङको सुरूमै घाइते भएका थिए ओपनर सुर्यान्सु


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा सिंगापुरले नेपाललाई १३९ रनको सामान्य लक्ष्य दिएको छ ।

नेपाली कप्तान विपनप्रसाद शर्मा कसिलो बलिङ गर्दा सिंगापुर सामान्य स्कोरमा समेटिएको हो ।

मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङमा गएको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनायो ।

सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन जोडे। उनले ५३ बलमा ९ चौका हाने । ओपनरहरूमा आहान भुधानभाम ३८ र रोशन अरुन ११ रनमा समेटिए ।

नेपाली कप्तान शर्माले सर्वाधिक ४ विकेट झारे । सचिन भट्टले ३ विकेट लिँदा शुभम खनाल र अभय यादवले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

सिंगापुरको चुनौती पछ्याउने क्रममा नेपालका ओपनर सुर्यान्सु कोइराला घाइते भएका छन् । ओपनिङमा आएका उनी क्रिजमै ढलेपछि ‘रिटायर्ड हर्ट’भएका छन् ।

जवाफी ब्याटिङका लागि सुर्यान्सुसँगै प्रसिद्ध जैसी क्रिजमा गएका थिए । दोस्रो ओभरमै सुर्यान्सु रिटायर्ड हर्ट हुँदा नेपाललाई सुरूमै धक्का लाग्यो ।

ब्याटिङका क्रममा सुर्यान्सु ढलेपछि मैदानमा प्राथमिक उपचार गरियो । त्यसपछि उनलाई बाहिर लगेर उपचार गरिँदैछ । ताजा अवस्थामा नेपालले २ विकेट गुमाउँदै १०४ रन बनाइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ०७ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका