सिंगपुरविरूद्ध जितनजिक नेपाल, जवाफी ब्याटिङको सुरूमै घाइते भएका थिए ओपनर सुर्यान्सु « Khabarhub

सिंगपुरविरूद्ध जितनजिक नेपाल, जवाफी ब्याटिङको सुरूमै घाइते भएका थिए ओपनर सुर्यान्सु


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा सिंगापुरले नेपाललाई १३९ रनको सामान्य लक्ष्य दिएको छ ।

नेपाली कप्तान विपनप्रसाद शर्मा कसिलो बलिङ गर्दा सिंगापुर सामान्य स्कोरमा समेटिएको हो ।

मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङमा गएको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनायो ।

सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन जोडे। उनले ५३ बलमा ९ चौका हाने । ओपनरहरूमा आहान भुधानभाम ३८ र रोशन अरुन ११ रनमा समेटिए ।

नेपाली कप्तान शर्माले सर्वाधिक ४ विकेट झारे । सचिन भट्टले ३ विकेट लिँदा शुभम खनाल र अभय यादवले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

सिंगापुरको चुनौती पछ्याउने क्रममा नेपालका ओपनर सुर्यान्सु कोइराला घाइते भएका छन् । ओपनिङमा आएका उनी क्रिजमै ढलेपछि ‘रिटायर्ड हर्ट’भएका छन् ।

जवाफी ब्याटिङका लागि सुर्यान्सुसँगै प्रसिद्ध जैसी क्रिजमा गएका थिए । दोस्रो ओभरमै सुर्यान्सु रिटायर्ड हर्ट हुँदा नेपाललाई सुरूमै धक्का लाग्यो ।

ब्याटिङका क्रममा सुर्यान्सु ढलेपछि मैदानमा प्राथमिक उपचार गरियो । त्यसपछि उनलाई बाहिर लगेर उपचार गरिँदैछ । ताजा अवस्थामा नेपालले २ विकेट गुमाउँदै १०४ रन बनाइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ०७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट