रास्वपाको विरोध सुनेनन् सभामुखले, अघि बढाए प्रतिनिधि सभामा बजेटमाथिको छलफल « Khabarhub

रास्वपाको विरोध सुनेनन् सभामुखले, अघि बढाए प्रतिनिधि सभामा बजेटमाथिको छलफल


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् ।

तर उनीहरूको अवरोध, विरोध र वेल घेराउलाई सभामुख देवराज घिमिरेले नजरअन्दा गरेर बैठकलाई अघि बढाइरहेका छन् ।

भिजिट भिसा प्रकरणलाई जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा निरन्तर आन्दोलित छ ।

रास्वपाले यस प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा आउनुपर्ने माग गरेको छ। उसले यस प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन आयोग बनाउनुपर्ने पनि माग गरेको छ ।

तर, नेपाली कांग्रेस र नेकपा एमाले लेखकलाई जोगाउने बाटोमा लागेका छन् । उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पनि लेखकलाई जोगाउँदै राजीनामाबाट पछि हटेर संसद्को विरोधबाट पछि हटिसकेको छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको कारवाही अघि बढाउनेबित्तिकै रास्वपाका सांसदहरूले आइतबार पनि वेल घेराउमा उत्रिए। त्यसअघि रास्वपाबाट सांसद अशिम शाह र राप्रपाबाट धवलशमशेर जबराले बोले । राप्रपा र रास्वपाले विरोध गरे पनि सभामुखले पेलेर आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढाइरहेका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : १६ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा