अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा « Khabarhub

अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा अरू देशलाई लिजमा दिनुपर्ने बताएका छन् ।

उनले आर्थिक वर्ष २०८२/८३ का लागि विभाजित बजेट पहुँचवाला नेताको पाँच जिल्लामा मात्रै बाँडिएको भन्दै व्यंग्य गरेका हुन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने जिल्लाहरूलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने ? काठमाडौंमा मात्रै ३ करोडको दरले १३१ योजना छन् । त्यसअनुपातमा सर्लाहीमा कम्तीमा १५/२० वटा त हुनुपर्ने हो’, उनले भने, ‘बजेटलाई निजी सम्पत्ती ठानियो । सुदूरपश्चिममा गेटा मेडिकल कलेज छँदैछ, डडेलधुरामा किन अर्को चाहियो । मधेशका लागि किन छुट्याइएन ?’

सहकारी विकास मन्त्री प्रकाशमान सिंहले बजेटलाई निजी सम्पत्ति ठानेर काठमाडौंमा बजेट हालिएको भन्दै आलोचना गरे ।

तर, सिंहले बोलिरहँदा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियामापत्ति गरेका थिए । उनले ५ बाहेक अरु जिल्लालाई अरु देशलाई लिजमा दिए हुन्छ भनेर बोलेको कुरालाई लिएर आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले अमर‍ेशले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । तर सांसद सिंहले सानातिनालाई मात्रै होइन, अरू दलकालाई पनि रुलिङ गर्न माग गरे ।

सभामुख घिमिरेले निर्धारित विषयमा नबोल्ने भए ड्यास छाडेर तल जान भनेका थिए । तर अमरेशले बरू नबोल्ने तर ड्यास छाडेर तल नजाने बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ३१ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन