झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण « Khabarhub

झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आख्यानकार झम्क तिमल्सिनाको दोस्रो उपन्यास कृति ‘विमुक्‍ति’ लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित समारोहमा प्राज्ञ तथा कथाकार माया ठकुरी, साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तुलाई समेटेको बताइन् ।

समालोचक डा. अशोक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा ‘विमुक्ति’मा समेटिएको बताए । उनले समाजमा सबै पक्षले मान्छे सुविधाभोगी भए पनि ऊ भित्र दुःखको पहाड हुने बताउँदै विमुक्‍ति एउटा सामाजिक र दार्शनिक उपन्यास रहेको प्रस्ट पारे ।

अर्का समालोचक महेश पौड्यालले विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको बताउँदै कृति उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन गरिएको उल्लेख गरे । समाजमा प्रौढ व्यक्तिका दुःख र कथा कम लेखिएको समयमा विमुक्तिले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको पौड्यालको भनाइ थियो । 

उपन्यासका लेखक तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त हुन सके लेखनयात्रालाई निरन्तरता दिने बताए ।

कृषि विकास बैंकका उच्च अधिकारी तिमल्सिनाले यसअघि विज्ञानसँग सम्बन्धित उपन्यास अन्धकूप बजारमा ल्याइसकेका छन् । 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ३७ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक