जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने… « Khabarhub

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विभेद गरिएका ७२ वटा जिल्लालाई लिजमा अरू कुनै देशलाई दिऊँ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बजेटमा प्राथमिकतामा परेका पाँचवटा भाग्यमानीबाहेकलाई अर्को देशमा लिजमा दिऊँ भन्दै कटाक्ष गरेका थिए ।

बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने ७२ वटा जिल्लाहरूलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरेसँगै नेकपा एमालेका सांसद महेश बर्तौताले नियमापत्ति गरेपछि केही बेर भनाभनको अवस्था आएको हो।

सिंहले बजेट नै नजाने जिल्लालाई किन नेपालमा राख्ने भन्दै प्रश्नसमेत गरेका थिए । सांसद सिंहको उक्त धारणाप्रति बर्तौलासहित एमालेका सांसदहरूले आपत्ति जनाएका थिए ।

एमाले प्रमुख सचेतक बर्तौलाले सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे । देशलाई अर्को देशमा गाभिदिऊँ भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताएका थिए ।

त्यसपछि सभामुख घिमिरेले सांसद सिंहले संसद्‍मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए ।

सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिकाप्रति प्रश्न उठाए । सभामुखले दलीय हिसाबले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए ।

सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जान सिंहलाई निर्देशन दिए ।

त्यसपछि पनि सांसद सिंहले साना र स्वतन्त्रलाई हेपेको भन्दै आपत्ति जनाएका थिए । सिंहले बरू आफू नबोल्ने निर्धारित समय नसकी ड्यासबाट नओर्लिने अडान लिए । सांसद सिंह माइक काटिएपछि रोष्टमबाट फर्किएका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : ०३ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट