जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने… « Khabarhub

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विभेद गरिएका ७२ वटा जिल्लालाई लिजमा अरू कुनै देशलाई दिऊँ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बजेटमा प्राथमिकतामा परेका पाँचवटा भाग्यमानीबाहेकलाई अर्को देशमा लिजमा दिऊँ भन्दै कटाक्ष गरेका थिए ।

बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने ७२ वटा जिल्लाहरूलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरेसँगै नेकपा एमालेका सांसद महेश बर्तौताले नियमापत्ति गरेपछि केही बेर भनाभनको अवस्था आएको हो।

सिंहले बजेट नै नजाने जिल्लालाई किन नेपालमा राख्ने भन्दै प्रश्नसमेत गरेका थिए । सांसद सिंहको उक्त धारणाप्रति बर्तौलासहित एमालेका सांसदहरूले आपत्ति जनाएका थिए ।

एमाले प्रमुख सचेतक बर्तौलाले सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे । देशलाई अर्को देशमा गाभिदिऊँ भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताएका थिए ।

त्यसपछि सभामुख घिमिरेले सांसद सिंहले संसद्‍मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए ।

सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिकाप्रति प्रश्न उठाए । सभामुखले दलीय हिसाबले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए ।

सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जान सिंहलाई निर्देशन दिए ।

त्यसपछि पनि सांसद सिंहले साना र स्वतन्त्रलाई हेपेको भन्दै आपत्ति जनाएका थिए । सिंहले बरू आफू नबोल्ने निर्धारित समय नसकी ड्यासबाट नओर्लिने अडान लिए । सांसद सिंह माइक काटिएपछि रोष्टमबाट फर्किएका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : ०३ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने