नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले « Khabarhub

नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् ।  

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ विमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । 

उनले हरेक विमान खरिद गर्दा पारदर्शीताको प्रश्न र काण्डहरू आउने गरेकाले पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने देखिएको जिकिर गरे ।

मन्त्री पाण्डेले अहिले नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय यात्रु ल्याउने लैजाने क्षमता १० प्रतिशतमात्रै रहेको र ९० प्रतिशत यात्रु बाहिरका एयरलाइन्सबाट यात्रा गरिरहेको उल्लेख गरे  ।

यसका कारण हवाई भाडामा एकरुपता कायम गर्न नेपाल एयरलाइन्सले मात्रै भाडा घटाएर वा बढाएर सम्भव नदेखिएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडानको दुर्घटनामा यात्रुहरूले पाउनुपर्ने बीमाको रकम र स्वदेशी दुर्घटनामा परेका यात्रुहरूले पाउने बीमामा धेरै अन्तर रहेकाले त्यसलाई न्यायोचित गर्न आवश्यक कानून ल्याउने तयारी भइरहेको जानकारी दिए । छाता ऐनको रूपमा हवाई नीतिसँगै हवाई ऐनको तयारी गरिरहेको उनले बताए । 

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई व्यवस्थित पार्ने दृष्टिकोणबाट नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक ल्याएको उल्लेख गरे  । समितिको अर्को बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : १८ बजे

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

प्रिमियर लिग : वेष्ट ह्याम युनाइटेडमाथि आर्सनलको जित

काठमाडौँ– प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा