सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते « Khabarhub

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने नौ जना घाइते भएका छन् । शनिबार राती चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्याक्टर दुर्घटनामा परेको हो । 

दुर्घटना परि पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ट्याक्टरमा चालकसहित ११ जना सवार रहेको ट्याक्टर दुर्घटनामा परेको दुई जनाको मृत्यु भएको र तीमध्ये तीन जना गम्भीर घाइतेलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनार बताए । 

उनले बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ५१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७