भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी | Khabarhub Khabarhub

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरको  १७औँ नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । 

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ । 

जनसहभागिताबाट ५ करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड रुपैयाँ र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको सभामा जानकारी दिइयो । 

बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताए । 

आगामी आर्थिक वर्षको बजेटले बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको सभामा जानकारी दिइयो । अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न ६० करोड रुपैयाँ, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि २४ करोड ५० लाख रुपैयाँ र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि रु चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशु विकास कार्यक्रमका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको अधिकारीले बताए । 

शिक्षा र स्वास्थ्य : गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि रु १० करोड ५० लाख, स्वास्थ्य सेवा तर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरङ्ग टिकट सहित स्वास्थ्य सेवा सुधारका लागि रु तीन करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ । 

सामाजिक विकास र रोजगारी : ‘छोरीहरूको लागि बाल उमङ्ग जीवन बिमा’ कार्यक्रम, खेलकुद क्षेत्रको बिकासका लागि बजेट, उद्यमशीलता विकास र रोजगारी सिर्जना, वातावरण सरसफाइ, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको सभामा उपप्रमुख अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १८ बजे

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय