इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ « Khabarhub

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा सतर्कता बढाइएको छ ।

आक्रमणको  केही समयमै, न्युयोर्क र वासिङ्टन डीसीसहित अमेरिकाभरिका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता बढाइएको हो। 

न्युयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले इरानको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

त्यसैगरी, वासिङ्टन डीसीको महानगरीय प्रहरीले पनि अवस्थामाथि नजिकबाट नजर राखिरहेको जनाएको छ ।

विभिन्न सुरक्षा एजेन्सीहरूसँग समन्वय गरी सुरक्षासँग सम्बन्धित जानकारीहरू आदानप्रदान गरिरहेको जानकारी दिएको छ। 

प्रहरीले हालको अवस्थामा शहरमाथि कुनै प्रत्यक्ष खतरा नदेखिएको जनाएको छ । तर सतर्कतास्वरूप धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १८ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त