खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागूऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।   

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।

उनका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् । 

पक्राउ परेका दुवै जनालाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ३४ बजे

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक