इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ « Khabarhub

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ। 

पाकिस्तानले यस्ता आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ । इरानलाई आत्मरक्षा गर्ने पूर्ण अधिकार रहेको पनि पाकिस्तानले उल्लेख गरेको छ। 

पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको चार्टरअनुसार इरानलाई आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षाका लागि प्रत्युत्तर दिने अधिकार प्राप्त छ ।’

पाकिस्तानले चेतावनी दिँदै यदि यो तनाव अझै बढ्यो भने यसको प्रभाव केवल मध्यपूर्वमा मात्रै सीमित नहुने उल्लेख गरेको छ । उसले सम्पूर्ण विश्वमा पर्ने तनावका लागि अमेरिका र इजरायल जिम्मेवार हुनुपर्ने पनि उसले उल्लेख गरेको छ। ।

पाकिस्तानले सबै पक्षहरूलाई संयम अपनाउन, सर्वसाधारणको ज्यान र सम्पत्तिको रक्षा गर्न तथा तनावलाई तत्काल रोक्न आग्रह गरेको छ।

उता साउदी अरबले अमेरिकी आक्रमणपछि इरानलाई संयमित हुन आग्रह गरेको छ । 

इरानमाथिको अमेरिकी हवाई आक्रमणपछि साउदी अरबले प्रतिक्रिया दिँदै यस्तो भनेको हो । साउदी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विशेष गरी इरानका परमाणु साइटहरूमा भइरहेका आक्रमणहरूलाई लिएर गम्भीर चिन्ता जनाएको हो ।

साउदी अरबले अवस्था झन् खराब हुन नदिन  सबै पक्षहरूलाई संयम अपनाउन, तनावलाई अझ चर्किन नदिन र स्थिति नियन्त्रणमा राख्ने प्रयास गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ४९ बजे

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित