सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की « Khabarhub

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत थुनामै राख्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्ने ध्याउन्नमा छन्।

रास्वपा स्थापना दिवसका अवसरमा लामो लिखित सम्बोधन सार्वजनिक गरेका उनले आफूलाई अदालतले पनि अन्याय गरेको जिकिर गरेका थिए । त्यसयता लगातार जनमानसको संवेदना खिच्न लागेका उनले सेलिब्रिटीलाई पनि आफूतिर तान्न सफल भएका छन् ।

उनको यो योजना केही हदसम्म सफल भएको उदाहरण बन्न पुगेका छन् नायक विपिन कार्की ।

उनै विपिन सर्वोच्चलेसमेत गम्भीर आरोपी ठहर गरेर छाड्न नमानेका लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका हुन् ।

कार्की आइतबार रविको पक्षमा हस्ताक्षर गर्न पार्टी मुख्यालय वनस्थली च:मति पुगेको पार्टीका कोषाध्यक्ष दीपक बोहराले बताएका छन् ।

पार्टीको तेस्रो स्थापना दिवसमा रास्वपाले असार ७ गतेदेखि पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन थालेको छ।

रास्वपाले यसलाई ’राजनीतिक प्रतिशोध’विरुद्धको हस्ताक्षरको संज्ञा दिएको छ । लामिछानेले शनिबार मात्रै स्थापना दिवसको अवसर पारेर २० पृष्ठ लामो दस्तावेज सार्वजनिक गरेका थिए। दस्तावेजमा अभियानबारे व्याख्या गरिएको छ ।

यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् । पहिलो पटक गृहमन्त्री हुँदा अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी बोकेकाले पद गुमाएका थिए ।

दोस्रो पटक गृहमन्त्री भएर बाहिरिएका उनले सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध तथा ठगीमा मुद्दा खेपिरहेका छन् ।

उनी बुटवलको सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुछिएर उच्च अदालत दाङको बुटवल इजलासको आदेशअनुसार भैरहावा कारागारमा छन् । उनीबारे उच्च अदालतको आदेशलाई सर्वोच्चले पनि सदर गरेर थुनामै राख्न आदेश दिइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : १७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर