अर्थसंक्षेप : १६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा, नेप्सेमा गयो पहिरो र ७७ प्रतिशत नाघ्यो बजेट खर्च | Khabarhub Khabarhub

अर्थसंक्षेप : १६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा, नेप्सेमा गयो पहिरो र ७७ प्रतिशत नाघ्यो बजेट खर्च


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये ३७ वटा मुलुकसँग व्यापार नाफा र १२४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटाको अवस्था छ ।

चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानबाट चार करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँको वस्तु अफगानिस्तान निर्यात गरेको थियो ।

त्यस्तै; नेपालले डेनमार्क, रसिया फेडेरेसन, रोमानिया, लाओ पिपल्स डेमोक्य्राटिक, आइसल्यान्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोयसिया लगायतका ३७ वटा मुलकमा नाफाको वैदेशिक व्यापार गरेको छ ।

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख रुपैयाँ बराबर बाह्य ऋण उठाइएको छ ।

यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ ।

गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ । चालु आवका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो ११ महिनामा तीन खर्ब १५ अर्ब रुपैयाँ हाराहारी उठिसकेको छ ।

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य

साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको शेयर कारोबार हुँदा ३२.९३ अंकले नेप्से घटेर २५९५.९७ विन्दुमा आइपुगेको हो ।

नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये आज २२५ वटा कम्पनीको शेयर मूल्य घट्यो भने २३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । नेप्से घटेसँगै आज नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले गिरावट आएको छ ।

बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ ।

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

अनुदान उपलब्ध गराउन उखु किसानको माग

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : १६ बजे

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’