किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी « Khabarhub

किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किवी कृषकका रूपमा चिनिन थालेका छन् ।

करिब ७ वर्ष विदेशी माटोमा पसिना बगाएर गाउँ फर्केका खड्का अहिले जिल्लाकै उदाहरणीय किवी कृषकको रूपमा आफुलाइ चिनाउन थालेका छन् ।

२०७० साल अघि खड्का रोजगारीको सिलसिलामा साउदी, मलेसिया लगाएका खाडी देश पुगेका थिए।विदेशको चर्को घाममा मेहनत र पसिना बगाएका उनले सोचेजस्तो आम्दानी गर्न नसकेपछि स्वदेश फर्केर २०७० ताका उनले जिरीको आफ्नै भिरालो बाँझो पाखो बारीमा किवी खेती गर्ने सोच बनाएर सुरुमा गोदावरी पुगेर २२ बोट किवीको बिरुवा ल्याएर रोपेको उनी बताउँछन् ।

त्यो समय दोलखामा खासै किवी खेती सुरु नभएको त्यसमा पनि जिरीमा आफूले पहिलो पटक किवी रोपेको सुनाए । २०७० सालमा रोपेको किवी दुई वर्षको अन्तरमै फल्न थालेपछि खड्काले किवीखेतीलाई आम्दानीको स्रोत बनाउने उद्देश्य राखेर त्यसपछि थप पाँच सय बोट किवी थपेर अहिले २५ रोपनीमा किवी बगैँचा बिस्तार गरेको बताए ।

अहिले उनको घर छेउको २५ रोपनी क्षेत्रमा किवी फैलिएको छ । वार्षिक २५ हजार केजी किवी बिक्री हुँदै आएको छ भने, ‘वार्षिक आम्दानी पनि खर्च कटाएर ७ लाख हुने गरेको छ ।’ उनको कलङ नमुना किवी तथा कृषि फार्मको किवी धेरै जसो तराईका सहरहरू बर्दिबास देखि जनकपुरमा जाने गरेको छ ।

किवी खेती व्यस्त खड्कालाई अहिले सरकारी निकायले समेत अनुदान सहयोग दिने गरेको खड्काले बताए । किवी खेती विस्तार गर्न ११ वर्षको अवधिमा झन्डै ४०लाख लगानी गरेका खड्कालाई चालु वर्ष २०८१/०८२ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछाप माफ अनुदान ७ टन क्षमताको प्रविधिमा आधारित किवी भण्डारण पूर्वाधार निर्माण गरिएको परियोजना कार्यान्वयन एकाइ रामेछापका कार्यालय प्रमुख थिरलाल गैह्रेले बताए ।

उक्त चिस्यान केन्द्र आफसिजनमा पनि सुरक्षित किवी भण्डारण गरेर राख्न सकियोस् भन्ने उद्देश्यले कार्यालयको १० लाख तथा कृषक खड्काको ३ लाख ५० हजार गरी १३ लाख पचास हजार लागतमा निर्माण भएको र कृषक खड्काले प्रयोग गर्न सुरु गरेको कार्यालय प्रमुख गैह्रेले बताए ।

नवनिर्मित चिस्यान केन्द्रमा एक पटकमा ७ हजार केजी किवी भण्डारण गर्न सकिने छ। किबिको लागि मङ्सिर,पुस र माघ तिन महिना चिस्यान केन्द्र आवश्यक पर्ने गर्दछ । सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ४२ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र