पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस् « Khabarhub

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका दुईजना मन्त्रीहरूको संसद् बैठकमै उछितो काढेका छन् ।

कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो गृहजिल्ला काठमाडौं र रुपन्देहीमा बजेट ओइर्‍याएको भन्दै आक्रोश पोखेका हुन् ।

दुईजना मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बजेट ओइर्‍याएको बताउँदै उनले गम्भीर आपत्ति जनाए । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै अर्बौं बजेट लगेर अरूलाई उपेक्षा गरेको उल्लेख गरे ।

पूर्व ऊर्जा राज्यमन्त्री तामाङले प्रकाशमानले काठमाडौंमा तीन करोड का २०७ वटा योजनामा बजेट विनियोजन गरेर अरु जिल्लालाई बेवास्ता गरेको बताए ।

प्रकाशमानलाई कटाक्ष गर्दै उनले भने, ‘प्रकाशमान सिंह हाम्रो सर्वोच्च नेता गणेशमान सिंहको छोरा हुनुहुन्छ । म यहाँलाई काठमाडौं जिल्लामा २०७ वटा तीन करोडको बजेट विनियोजन गरिदिनुभएकोमा रामेछाप जिल्लाको तर्फबाट र नेपाली कांग्रेस रामेछापको तर्फबाट म यहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’

तीन करोडभन्दा कम बजेट विनियोजन नगर्ने भनिए पनि व्यबहारमा त्यो लागू नभएको भन्दै उनले आपत्ति जनाए । काठमाडौंमा २ लाखबाट २ करोडसम्मका १५० वटा योजनका लागि बजेट विनियोजन भएको उनले बताए । यस्तो तरिकाले देश बन्न नसक्ने उनको भनाइ थियो ।

उता उपप्रधानमन्त्री पौडेलको निर्वाचन क्षेत्र रहेको जिल्ला रुपन्देहीमा तीन करोडका ७९ वटा योजना हालिएको उनले बताए । सहकारी विकास मन्त्री र अर्थमन्त्रीबीच मीतले चिनो साटेको जस्तो बजेट साटासाट भएको तामाङले बताए ।

‘रुपन्देहीमा तीन करोडको बजेट ७९ वटा प्याकेज गएको छ । सहरी विकास मन्त्री र अर्थमन्त्रीबीच मितको चिनो साटेको हो यो ? अरु ७७ जिल्लामा माननीयले जितेको छैन १६५ वटा ? ११० वटा समानुपातिक छैन, के क्याल्कुलेसन गर्नुभएको हो तपाईंहरूले ?’, उनले भने, ‘यही हो राज्य चलाउने तरिका उपप्रधानमन्त्रीज्यू दुवैको ? चल्छ राजनीति ? देश चल्छ, कुन हिसाबले चल्छ ? तपाईंहरू मात्रै अघाउनुपर्ने, तपाईंहरूले मात्रै चुनाव जित्नुपर्ने ? तपाईंहरू मात्रै मन्त्री हुनुपर्ने ?’

उनले संसद्को रोस्ट्रममा उभिएर आफू बौद्ध धर्मावलम्बी भएकाले बजेट किताब नच्यात्ने बताए । तर उनले पौडेल र सिंह दुवैले २०८४ को चुनाव हारुन् समेत भने ।

२०७९ को चुनावमा प्रकाशमान ८० र विष्णु पौडेल ६०० भोटले मात्रै विजयी भएको बताउँदै तामाङले ०८४ को चुनावमा दुवैको हारको कामना गरे । उनले प्रकाशमानलाई भने कांग्रेसको १५ औँ महाधिवेशनमा ठेगान लगाइदिने बताए ।

‘म यो बजेट किताब च्यादिनँ, म तामाङको छोरो बौद्ध धर्म मान्ने छोरो, किताब च्यात्ने कुरामा विश्वास गर्दिनँ’, उनले बजेट किताबलाई ढोग्दै भने, ‘भगवान गौतम बुद्ध र पशुपतिनाथलाई पुकारेर भन्छु, ०८४ को चुनावपछि प्रकाशमान र विष्णु पौडेललाई यो संसद्मा देख्नु नपरोस् ।’

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ५२ बजे

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को मौद्रिक

दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता

काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् ।

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको