‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई | Khabarhub Khabarhub

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबमा १० करोड पटक हेरिएको छ। यो उपलब्धिको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गेशलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्।

आइतबार साँझ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा दुर्गेशको तस्वीर पोस्ट गर्दै लेखेका छन्, “आजको नयाँ पुस्ताले फरक स्वादका गीतसंगीतप्रति देखाएको रुचि ‘दुश्मन हेरेको हेर्‍यै’ को भ्युवर संख्याबाट स्पष्ट हुन्छ। पाँच महिनामै १०० मिलियन अर्थात् १० करोड पटक हेरिएको यो गीतका सर्जक दुर्गेश थापालाई हार्दिक बधाई !”

यो गीत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। विशेष गरी युवा दर्शकमाझ लोकप्रिय रहेको यस गीतमा थापाको शब्द, संगीत र स्वर छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ४२ बजे

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक

सञ्चारमन्त्री भन्छन्- दुःख र सङ्घर्षमा खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा