इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु | Khabarhub Khabarhub

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : ०६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं