भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार « Khabarhub

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुरमा सञ्चालित तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेलामा रु ३५ लाखको व्यापार भएको छ ।

भक्तपुरमा पर्यटन प्रवद्र्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामान, माटोका भाँडा, पौवा चित्र, लत्ताकपडा, विभिन्न जातका बिरुवा, खाद्यान्नको प्रदर्शनी गरिएको उक्त मेलामा स्थानीयको घुइँचो लागेको सङ्घका महासचिव नवीन प्रजापतिले जानकारी दिए ।

स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले आज युवा पुस्तालाई हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाँडाकुँडा बनाउने, चित्रकला, मूर्ति बनाउने कार्य सिकाउँदै सीप हस्तान्तरण गरिएको थियो । मेलामा जुजु धौका पारखी, योमरी, चटामरी, सम्यबजी, बारालगायत खानाका कक्षमा उल्लेख्य मात्रामा सर्वसाधारणको घइँचो थियो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृति प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको तीनदिने मेलाको करिब ३२ हजार व्यक्तिले अवलोकन गरेका आयोजकले जनाएको छ ।

मेलामा मौलिक हस्तकलाका उत्पादन, कृषि उत्पादन, साना तथा मझौला उद्यमीद्वारा उत्पादित सामग्री, मेलामा स्थानीय खानाका कक्षमा उपभोक्ताको घुइँचो लागेको महासचिव प्रजापतिले बताए । उक्त मेलामा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँका साथै भारत र पाकिस्तानका उद्यमीका ४३ कक्ष रहेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : ३३ बजे

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६