बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो « Khabarhub

बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशमा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या २० पुगेको छ। सो दुर्घटनामा १७० जना घाइते भएका छन्। एयर फोर्सको ट्रेनिङ जेट बङ्गलादेशको स्कुल क्याम्पसको हातमा विस्फोट भएको हो। उत्तरामा रहेको माइल स्टोन स्कुल एन्ड कलेजबाट लिइएको फुटेजमा धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ।

५० भन्दा बढी घाइतेलाई बलिरहेकै अवस्थामा अस्पतालमा लगिएको छ। मर्नेमध्ये धेरै जना विद्यार्थी छन्। उनीहरू विद्यालय छुटेर घर फर्कने क्रममा थिए। घाइतेमध्ये १७ जना बालबालिका छन्। विद्यालयमा चारदेखि १८ वर्षसम्मका बालबालिका अध्ययनरत छन्।

एक १० वर्षीय बालकले परीक्षा सकेर बाहिर निस्कन आँटेकै समयमा आफ्नै आँखा अगाडि विस्फोट भएको तथा आफ्नो मिल्ने साथीको पनि ज्यान गएको बताएका छन्।

सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए। उनले कम जनघनत्व भएको स्थान छानेर अभ्यास गरिरहेको समयमा विमानमा समस्या भएको हो।

घटनाको छानबिन गर्न समिति बनाइएको छ। उत्तर आधुनिक मेडिकल कलेज अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये धेरै जना १० देखि १५ वर्षका बालबालिका छन्। उनीहरू जेटमा इन्धन बल्न थालेपछि घाइते भएका हुन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ०३ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका