बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो | Khabarhub Khabarhub

बङ्गलादेशमा विमान दुर्घटना : मर्नेको सङ्ख्या २० पुग्यो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशमा भएको विमान दुर्घटनामा मर्नेको सङ्ख्या २० पुगेको छ। सो दुर्घटनामा १७० जना घाइते भएका छन्। एयर फोर्सको ट्रेनिङ जेट बङ्गलादेशको स्कुल क्याम्पसको हातमा विस्फोट भएको हो। उत्तरामा रहेको माइल स्टोन स्कुल एन्ड कलेजबाट लिइएको फुटेजमा धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ।

५० भन्दा बढी घाइतेलाई बलिरहेकै अवस्थामा अस्पतालमा लगिएको छ। मर्नेमध्ये धेरै जना विद्यार्थी छन्। उनीहरू विद्यालय छुटेर घर फर्कने क्रममा थिए। घाइतेमध्ये १७ जना बालबालिका छन्। विद्यालयमा चारदेखि १८ वर्षसम्मका बालबालिका अध्ययनरत छन्।

एक १० वर्षीय बालकले परीक्षा सकेर बाहिर निस्कन आँटेकै समयमा आफ्नै आँखा अगाडि विस्फोट भएको तथा आफ्नो मिल्ने साथीको पनि ज्यान गएको बताएका छन्।

सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए। उनले कम जनघनत्व भएको स्थान छानेर अभ्यास गरिरहेको समयमा विमानमा समस्या भएको हो।

घटनाको छानबिन गर्न समिति बनाइएको छ। उत्तर आधुनिक मेडिकल कलेज अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये धेरै जना १० देखि १५ वर्षका बालबालिका छन्। उनीहरू जेटमा इन्धन बल्न थालेपछि घाइते भएका हुन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ०३ बजे

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२