एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि जारी बैठक आज बिहान ११ बजे पुनः बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि  ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।

अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ४० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच