देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो ।

देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

उनका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको सूचना अधिकारी जोशीले बताए । प्रतिशतका हिसाबले यहाँ सबैभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । उनका अनुसार बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख पाँच हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा करिब ८४ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । ‘सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ’, उनले भने ।

आर्थिक वर्ष २०८०–०८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।

पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।

धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने मन्त्रालयले जनाएको छ ।

यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ०५ बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर