चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै « Khabarhub

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ ।

गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र नेपाली नागरिकलाई बुधबार तातोपानी (चाङ्मु) नाकाबाट नेपाल ल्याउन लागिएको हो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले यसबारेमा जानकारी दिएका छन् । महावाणिज्यदूत निरौलाका अनुसार केरुङमा अलपत्र २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।

दुवै देशबीच कुटनीतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा तीन नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।

अलपत्र नेपाली नागरिकमध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्चसमेत नभएको जानकारी दिँदै उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको समन्वय र चीन सरकारका सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याइने जानकारी दिए ।

तातोपानीमा पुर्‍याएपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । महावाणिज्यदूत निरौलाले बाढीपीडित नेपाली नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएर नाकासम्म लैजान लगेकोमा चीन सरकारलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ३६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच