गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब बढीको निर्यात  « Khabarhub

गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब बढीको निर्यात 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा निर्यात उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । 

गएको एक वर्षको अवधिमा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.२५ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १५ खर्ब नाघेको छ । विभागका अनुसार असार मसान्तसम्म १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । 

अघिल्लो आवको यसै अवधिको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २१ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी