गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब बढीको निर्यात  « Khabarhub

गत आर्थिक वर्ष २ खर्ब ७७ अर्ब बढीको निर्यात 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा निर्यात उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । 

गएको एक वर्षको अवधिमा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.२५ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १५ खर्ब नाघेको छ । विभागका अनुसार असार मसान्तसम्म १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । 

अघिल्लो आवको यसै अवधिको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २१ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य