एक सातामा १६१ जनामा डेंगी सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो  « Khabarhub

एक सातामा १६१ जनामा डेंगी सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६१ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै नेपालभर डेंगी सङ्क्रमितको कुल सङ्ख्या दुई हजार १ सय ८१ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) द्वारा सार्वजनिक तथ्यांक अनुसार पछिल्लो साता ६ वटा प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

ईडीसीडीका अनुसार सबैभन्दा धेरै बागमतीमा ९ जनामा सङ्क्रमण देखिएको छ भने कोशीमा ५, लुम्बिनीमा ३, मधेशमा १ र कर्णाली प्रदेशमा १ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ सङ्क्रमित थपिएको ईडीसीडीले जनाएको छ । 

अझै तिन महिना डेंगीको जोखिम उच्च रहेकाले सङ्क्रमतिको सङ्ख्या बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । श्रावण महिनालाई डेंगी सचेतना महिना राष्ट्रिय अभियानको घोषणा गर्दै मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी नियन्त्रणका लागि खोजौँ र नष्ट गरौँ राष्ट्रिय अभियान चलाइरहेको छ । 

श्रावण महिनाभर चल्ने यस अभियानमा आफ्नो स्थान वरपर डेंगी सार्न कारक लामखुट्टेका लार्भा खोजी र नष्ट अभियानमा सहभागी भएर आफू अनि सबैको स्वास्थ्य रक्षामा सहभागिताका लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २४ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण