पार्टीले भूमि व्यवस्थामन्त्रीको राजीनामा माग्न लाचारी देखायो : शेखर कोइराला   « Khabarhub

पार्टीले भूमि व्यवस्थामन्त्रीको राजीनामा माग्न लाचारी देखायो : शेखर कोइराला  


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा मागे पनि कांग्रेस लाचार देखिएको टिप्पणी गरेका छन् । 

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आयोजना गरेको कार्यक्रममा उनले ‘घुस काण्ड’को अडियो सार्वजनिक भएका मन्त्री अधिकारीको राजीनामा कांग्रेसले माग्न नसकेको टिप्पणी गरेका हुन् ।  

‘भ्रष्ट मन्त्रीहरू एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौँ,’ कोइरालाले भने, ‘योभन्दा लाछीपन के हुन्छ हाम्रो ?’

उनले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदीय समितिमा छलफल हुनुपर्नेमा जोड दिए । ‘भूमि विधेयक के हतार छ पारित गर्न ? नेता कोइरालाले प्रश्न गरे, ‘आजभोलि नै पास गर्न रु किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ?’

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : २६ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली