किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ? « Khabarhub

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा शिवको असीम कृपा प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यस महिनामा हिन्दु धर्मावलम्बी इच्छाइएको शिवालयमा गई शिवलाई जल अर्पण गर्ने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने । हरियो वा गेरु रंग धारण गर्ने परम्परा छ ।

पछिल्लो एक दशक यता श्रावणमा हरियो रंग लगाउने चलन बढेको छ । श्रावणमा महिलाले हरियो रंगको सारी लगाउने, चुरा, पोते लगाउने चलन बसेको छ । आखिर श्रावणमा हरियो रंग लगाउनुको कारण के छ त ?

श्रावणमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । यस अलावा रातो रंग धारण गर्दा खुसी र सौभाग्य बढ्ने विश्वास गरिन्छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा सीधा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिषशास्त्र अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन रहेको छ । शिव आफैमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू श्रावणमा हरियो मेहन्दी, चुरा, पोते र सारी लगाउने गर्दछन् । एजेन्सीबाट

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ३९ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल