किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ? « Khabarhub

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा शिवको असीम कृपा प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यस महिनामा हिन्दु धर्मावलम्बी इच्छाइएको शिवालयमा गई शिवलाई जल अर्पण गर्ने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने । हरियो वा गेरु रंग धारण गर्ने परम्परा छ ।

पछिल्लो एक दशक यता श्रावणमा हरियो रंग लगाउने चलन बढेको छ । श्रावणमा महिलाले हरियो रंगको सारी लगाउने, चुरा, पोते लगाउने चलन बसेको छ । आखिर श्रावणमा हरियो रंग लगाउनुको कारण के छ त ?

श्रावणमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ । यस अलावा रातो रंग धारण गर्दा खुसी र सौभाग्य बढ्ने विश्वास गरिन्छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा सीधा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिषशास्त्र अनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढावा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन रहेको छ । शिव आफैमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू श्रावणमा हरियो मेहन्दी, चुरा, पोते र सारी लगाउने गर्दछन् । एजेन्सीबाट

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ३९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान