एक वर्ष यही मन्त्रिपरिषद् जान्छ : मन्त्री पाण्डे | Khabarhub Khabarhub

एक वर्ष यही मन्त्रिपरिषद् जान्छ : मन्त्री पाण्डे


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताए। 

उनले भने, ‘मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन ।’ 

अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए। 

सरकार एक वर्ष अझै जाने बताउँदै उनले सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए। बाहिरी हल्लाको कुनै सत्यता नरहेको उनको भनाइ थियो ।

 उनले भने, ‘प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ ।’

फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए। 

उनले भने, ‘सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ ।’ 

कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको उनले बताए। 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : २१ बजे

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा