सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज « Khabarhub

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१-८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ ।
 
कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो ।
 
कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् ।
 
कोषमा ८६ अर्ब ८६ करोड योगदान संकलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : २३ बजे

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान