स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएकी २९ वर्षीया जुनु राना थापामगर र काठमाडौं महानगरपालिका–३२ बस्ने बर्दिया गुलरिया नगरपालिका–२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् । 

पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख १० हजार रुपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट १८ लाख ५४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका–१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ३३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन