स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएकी २९ वर्षीया जुनु राना थापामगर र काठमाडौं महानगरपालिका–३२ बस्ने बर्दिया गुलरिया नगरपालिका–२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् । 

पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख १० हजार रुपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट १८ लाख ५४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका–१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ३३ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण